काठमाडौं- बेलायतमा अहिले सम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन्। बुधबार बेलायतमा कोरोना संक्रमितको संख्याले रेकर्ड तोडेको बीबीसीले जनाएको छ।
बेलायतमा बुधवार ७८ हजार ६ सय १० जनामा संक्रमण देखिएको र यो अहिलेसम्मकै धेरै भएको अधिकारीहरुले जनाएका छन्। यस अघि यसै वर्षको जनवरी ८ मा एकै दिन ६८ हजार जनामा कोरोना पुष्टि भएको थियो जतिबेला बेलायतमा लकडाउन थियो।
एक पत्रकार सम्मेलनमा मुख्य चिकित्सा अधिकारी प्रोफेसर क्रिस व्हिटीले आगामी दिनमा स्थिति अझै भयावह हुन सक्ने र यो रेकर्ड पनि तोडिन सक्ने छ।
क्रिशमस नजिकिँएको भन्दै उनले सामाजिक दूरी र स्वास्थ्य मापदण्डलाई ख्याल गर्न आग्रह गरे। प्रधानमन्त्री बेरिस जोनसनले हरेकलाई बुस्टर लगाउन आवश्यक भएको बताए।
उनले पछिल्लो दिनमा संक्रमणको मामला दुई गुणा बढेको र अस्पताल भरिएको बताए। बेलायतमा ओमिक्रोन र डेल्टा तिव्र गतिमा फैलिरहेको डाक्टर व्हिट्टीले बताए।