काठमाडौं- बेलायतमा कोरोना भइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १ हजार २३९ नयाँ संक्रमित थपिएका छन्।
योसँगै ओमिक्रोन भेरियन्ट ३ हजारभन्दा बढी मानिसमा पुष्टि भइसकेको छ। तर ओमिक्रोन संक्रमितको संख्या योभन्दा बढी हुन सक्ने बेलायती स्वास्थ्य विज्ञहरुले बताएका छन्।
नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्।
जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेका हुन्। ‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’, टेलिभिजनमा सम्बोधन गर्दैं जोनसनले भने, ‘नयाँ भेरियन्टविरुद्धको लडाइँमा हामीले एउटा आपतकाल सामना गरिरहेका छौं।’
ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएसँगै बेलायतमा सतर्कता बढाइको छ।