जोहानेस्बर्ग- दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ। उहाँले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहनुभएको छ। सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। सिरिल रामाफोसाले उपचार गराइरहेकाे आइतबार राति सो कार्यालयले जनाएको छ।
उहाँले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाउनुभएको थियो। यसकारण उहाँलाई धेरै समस्या नभएको बुझिएको छ। तर पनि उनी सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा गरिरहेकाे बताइएको छ। हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो। यो भाइरस संसारका धेरै देशमा पुगेको छ।
तर उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन। ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन्।
रासस