काठमाडौं- कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाएको तीन महिनापछि बुष्टर मात्रा लगाउनु सुरक्षित र प्रभावकारी हुने युरोपेली मेडिसिन्स एजेन्सी (ईएमए)ले जनाएको छ।
ईएमएको अघिल्लो निर्देशिकामा यो अवधि ६ महिनाको बताइएको थियो। हाल उपलब्ध डाटाहरु विश्लेषण गर्दा पहिलो र दोस्रो चरणको खोपहरु लगाएको छिटोमा तीन महिनामा बुष्टर लगाउँदा सुरक्षित र प्रभावकारी हुने तथ्य भेटिएकको एईएमएका खोप रणनीति प्रमुख मार्को काभालेरीले बताएका छन्।
जनस्वास्थ्यको दृष्टिकोणबाट सुुरुआती चरणको दुई मात्रा र बुष्टर मात्राबीचको अन्तराल छोट्याउनु पर्ने उनको भनाइ छ।