संयुक्त राष्टसंघ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेकाे बुधबार प्राप्त एक समाचारमा जनाइएको छ। कोभिड-१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उहाँ सेल्फ-आइसोलेसनमा रहेकाे उनका उपप्रवक्ता फरहान हकले बताएका छन्।
उनमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएतापनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन्।
बिहीबार डिसेम्बर ९ मा उनको पुनः कोरोना परीक्षण नभएसम्म उनले घरबाट काम गर्ने हकले मंगलबार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा बताएका छन। महासचिवको मूलतः बुधबार संयुक्त राष्ट्रसंघीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो। आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीबारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो।
बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उनको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ। ७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरू मध्ये थिए। उनले गत नोभेम्बर २६ मा एक बूस्टर डोज लिएका थिए।
रासस