नयाँ दिल्ली- भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना संक्रमण देखा परेपछि कोरोनाको कूल संक्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
बिहीबार कोरोना संक्रमणबाट ३९१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ११५ पुगेको छ। भारतमा अझै पनि ९९ हजार ९९६ जना सक्रिय संक्रमित रहेका पनि समाचारमा जनाइएको छ।
गएको २४ घण्टामा भारतमा आठ हजार ६१२ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ४५ हजार ६६६ जनालाई कोरोनाको संक्रमण निको भएका छन्। रासस