काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भारतमा पनि भेटिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन संक्रमण भेटिएको हो।
भारतका स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले दुई जनामा ओमिक्रोन भेरियन्ट भेरियन्ट भेटिएको पुष्टि गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
सचिव अग्रवालका अनुसार ६६ वर्ष र ४६ वर्षका पुरुषमा ओमिक्रोन भेरियन्ट भेटिएको हो। संक्रमित दुवै जनामा ज्वरोको लक्षण देखिएको छ।
संक्रमण देखिएकामध्ये ६६ वर्षका पुरुष भने दक्षिण अफ्रिकाबाट फर्केका हुन्। अर्का एक जना भने स्थानीय हुन्।