म्याड्रिड- कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो संक्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत ओमिक्रोन सार्स-कोभ-२ स्ट्रेनको संक्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ । यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए।
तीनवटै संक्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो।