काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणबारे गम्भीर चेतावनी जारी गरेको छ। संयुक्त राष्ट्र संघीय स्वास्थ्य संगठनले युरोप र एशियाका केही क्षेत्रमा आगामी वर्षको मार्चसम्म ७ लाख मानिसको कोरोना संक्रमणका कारण मृत्यु हुन सक्ने आकलन गरेको हो।
कोरोना महामारीको शुरुआतबाट अहिलेसम्म ५३ देशमा मृत्यु हुने संख्या पहिलादेखिनै १५ लाख भन्दा धेरै रहेको छ। यी ति ५३ देश हुन् जसलाई विश्व स्वास्थ्य संगठनले आफ्नो युरोप क्षेत्र बताउँछ।
डब्ल्यूएचओले कोरोनाको आगामी स्थितिलाई लिएर चेतावनी जारी गर्दै आगामी वर्षको मार्चसम्म ४९ देशमा आईसीयू संकट उत्पन्न हुन सक्ने जनाएको छ। यूरोपमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ।
युरोपका कतिपय देशले आफ्ना देशमा कोरोना नियन्त्रणका लागि प्रतिबन्धहरु लागू गर्दै लगेका छन्। अस्ट्रियामा पूर्ण लकडाउन गरिएको छ भने कतिपय देशले लकडाउन लागू गर्नेबारे विचार गरिरहेको बीबीसीले जनाएको छ।
फ्रान्स, जर्मनी र इजिप्टसमेत कयौं देशले चाँडै बुस्टर खोपलाई लगाउनेबारे विचार गरिरहेको जनाइएको छ। कतिपय देशमा भने लकडाउन लागू गरेको विरोधमा प्रदर्शनसमेत भइरहेका छन्।
नेदरल्याण्डसमा लकडाउनको विरोधमा हिंसक झडप भएको समाचारहरु सार्वजनिक भएका छन्।
मंगलबार डब्ल्यूएचओले मौजूदा अवस्थामा आगामी वर्षको मार्च महिनासम्म कुल मृतकको संख्या २.२ मिलियनसम्म पुग्न सक्ने जनाएको छ।
विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण हुने मृत्युमा लगभग दुई गुणा वृद्धि भएको जनाएको छ। औसतमा करिब ४ हजार २ सय मृत्यु हरेक दिन भइरहेको छ। रुसमा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या दैनिक १२ सय भन्दा धेरै छ।