बगदाद- अफगानिस्तानका पोलियो विरुद्ध खोप लगाउन चार दिने अभियान सुरु भएकाे छ। त्यहाँ तीन वर्षमा भएकाे पहिलाे अभियान हाे। सोमबारदेखि सुरु भएको यो कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ।
अफगानिस्तानकाे सार्वजनिक स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र बाल एजेन्सी (युनिसेफ) काे सहयाेगमा २०१८मा पाेलियाे खाेप लगाउन छुटेका समेत गरी ९० लाख बढी बालबालिकालाई खाेप लगाइने जनाएकाे छ।उक्त कार्यक्रमलाई देशव्यापी बनाइने बताइएकाे छ।
अफगानिस्तानमा यसवर्ष मात्र कम्तीमा पनि ५६ जना पोलियो लागेका बालबालिका भेटिएका थिए। यहाँ पहिले पनि नेटो सैन्य सहयोगको सरकारले पोलियो खोप दिने कार्यक्रम पनि सुरुवात गरेको थियो। तर तालिबानहरुले विदेशी कार्यक्रम भनेर यसमा संलग्न हुने स्वास्थ्यकर्मीको हत्या गर्ने तथा आफ्ना बालबालिकालाई पोलियो थोपा नखुवाउन दबाब दिने गरेका थिए।
अफगानिस्तान र पाकिस्तान यस्ता दुइ देश हुन् जहाँ अहिले पनि स्थानीय तहमै पाेलियाेका बिरामी छन्।