काठमाडौं- न्यूजिल्याण्डमा आइतबारबाट इच्छा मृत्युलाई कानुनी आधार प्राप्त भएको छ। यसका साथ न्यूजिल्याण्ड ति केही देशको सूचीमा परेको छ जहाँ इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ। जसमा स्विट्जरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बिया रहेका छन्। यी देशमा मृत्युमा सहयोग गर्नेबारे छुट्टाछुट्टै व्यवस्था गरिएको छ।
न्यूजिल्याण्डमा आजबाट लागू यस यस कानुन अनुसार इच्छा मृत्युको चयन गर्नका लागि कुनै पनि व्यक्ति गम्भीर खालको बिरामी अर्थात् यस्तो बिरामी जसका कारण आगामी ६ महिनामा जीवन खतरामा पर्न सक्छ, बाट पीडित हुनु पर्ने छ।
यस प्रक्रियाका लागि कमसेकम दुई चिकित्सकको सहमति आवश्यक पर्छ।
हालासालै इच्छा मृत्युको मुद्दाका भएको जनमत संग्रहमा ६५ प्रतिशत भन्दा धेरै मत यस कानुनको पक्षमा खसेको थियो।
न्यूजिल्याण्डमा लामो समयदेखि यस मुद्दाबारे बहस जारी थियो।