काठमाडौं- मुस्ताङको छ्याक्ताङ खोलाबाट कोभिड विरुद्धको खोप तारेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ। स्वास्थ्यकर्मीहरुले फलामको पाइपको सहायतामा वर्षे भेलले उर्लिएको छ्याक्ताङ खोलाबाट खोप तारेको भिडियो र फोटो भाइरसल भएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडनोम गेब्रियसले नायक भनेर सम्मान गरेका छन्।
मुस्ताङको छ्याक्ताङ खोलामा स्वास्थ्यकर्मीले गरेझैं दु:ख नेपालमा अन्य क्षेत्रमा पनि देखिन्छन्। भौगोलिक कठिनाईका कारण नेपालमा दुरदराजमा खोप तथा औषधि पुर्याउन निकै कठिन छ। कतै मानिसले बोकेर त कतै घोडा तथा खच्चरमा भ्याक्सिन तथा औषधि पुर्याइन्छ।
गत वर्ष पनि उक्त सुर्खेतको भिडियो बराहताल गाउँपालिकामा भ्याक्सिन लैजान स्वास्थ्यकर्मीले गरेको दु:खको भिडियो र तस्बिर भाइरल भएको थियो।
उक्त भिडियोमा दुई जना स्वास्थ्यकर्मी बाढी आएको खोला तरिरहेका देखिन्छन्। अर्का व्यक्तिले सहयाेग गरिरहेका छन्।
खोलामा पानीको बहाव बढेको छ। उनीहरु खोला तर्ने कोशिस गरिरहेका छन्।
महिला स्वास्थ्यकर्मीले भ्याक्सिन क्यारियर बोकेकी छिन्। उनीहरु त्यो क्यारियर जोगाउँदै खोला तर्न लागेका छन्।
मुस्ताङ र गत वर्ष सुर्खेतमा देखिएका यी दुई दृष्यले नेपालको दुर्गम ठाउँमा स्वास्थ्यकर्मीले कसरी स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने उदाहरण दिएको छ।
कोरोनाको कहरमा मात्र होइन, हरेक वर्ष आउने प्राकृतिक विपद्मा पनि नेपाली स्वास्थ्यकर्मीले जोखिममै रहेर स्वास्थ्य सेवा दिइरहेको कुरा ती भिडियो र तस्बिरले पुष्टि गरेको छ।
दुरदराजमा खोप लैजाँदाका तस्बिरहरु युनिसेफ नेपालले समेत कैद गरेको छ। युनिसेफले कैद गरेका केही तस्बिर हेरौं।
विश्वका दुरदराजमा खोप कसरी पुर्याइन्छ?
रोकथाम गर्न सकिने रोगबाट विश्वमा कुनै पनि बालबालिका नमरुन् भन्ने कुरामा युनिसेफ विश्वास गर्छ। त्यसैले विश्वभरका ४५ प्रतिशत साना उमेरका बालबालिकालाई खोप प्रदान गर्न हामीले काम गर्दै आएका छौँ।
हामीले आफ्नो विभिन्न साझेदारसँग मिलेर खोप कार्यक्रम गर्छौं। जुन ९५ देशमा फैलिएको छ। यो पक्कै पनि एउटा ठूलो जिम्मेवारी हो। यसमा हजारौँ स्वयंसेवक र स्वास्थ्यकर्मीहरु डटेर लागिपरेका छन्।
यी १५ फोटोले देखाउनेछन् बालबालिकाहरुलाई रोग लाग्नबाट बचाउन गरिएका यी प्रयासका केही कथाहरू।
पहाड चढ्छन् स्वास्थ्यकर्मी
महामारी र रोग फैलन युद्ध उत्तम वतावारण बनिदिन्छ। यमनका धेरै अस्पताल र क्लिनिक बमले ध्वस्त भएका छन् या भत्काइएका छन्। अनुमान गरिए अनुसार त्यहाँ हरेक १० मिनेटमा १ जना बच्चाको रोकथाम गर्न सकिने रोगबाट मृत्यु हुने गरेको छ।
युनिसेफ र हाम्रा साझेदारहरुको यसप्रति ध्यानाकर्षण भइरहेको छ। राष्ट्रियस्तरमा घर-घरसम्म अभियान चलाइ यो वर्ष करिब ५० लाख बालबालिकाहरुलाई पोलियो विरुद्ध खोप पाउने अपेक्षा गरिएको छ। हाम्रा मोबाइल हेल्थ टिमहरु बालबालिकाहरु जहाँ छन्, त्यहीँ पुगेका छन्। यस्तो कुनै ठाउँ बाँकी छैन, जहाँ युद्धपछि कुनै प्रकारको स्वास्थ्य सेवा पुग्न नसकेको होस्।
खोप प्रदान गर्न स्वास्थ्यकर्मीहरु हिमाल, पहाड अनि उपत्यका नभनी खटिरहेका छन्। यमनमा धेरै बालबालिकाहरु हिंसामा मर्नुभन्दा पनि रोकथाम गर्न नसकिने प्रकृतिका रोगबाट मरिरहेका छन्। तर पनि हामी त्यसलाई सजिलैसँग रोक्न सक्दैनौँ।
प्राकृतिक प्रकोपपछि निकै छिटो समयमा नै रोग तीव्र रफ्तारमा फैलिन्छ। बालबालिकाहरु त्यतिबेला सफा खानेपानी, शौचालय र साबुनका लागि संघर्ष गरिरहेका हुन्छन्।
सन् २०१५ मा नेपालमा भूकम्प गएपछि युनिसेफले देशभर ३६ लाख बालबालिकालाई पोलियोको महामारीबाट बचाउन खोप अभियानमा सहायता गरेको थियो। भूकम्पको केन्द्रबिन्दु रहेका जोखिमयुक्त क्षेत्रमा पहाड अनि हिमाली भूभागको बाटो पार गरेरै भएपनि खोप सेवा पुर्याएको छ।
सन् १९८० देखि युनिसेफले खटाइएका नजिबालगायत हजारौँ स्वास्थ्यकर्मीले विश्वमा करिब ३० लाख बालबालिकालाई वार्षिक ४ गुणाका दरले खोप कार्यक्रमबाट जीवन बचाएका छन्।
नदी तर्छन् उनीहरु...
युनिसेफले सन् २०१६ मा २५ अर्ब खोप खरिद गरेको थियो। आपूर्ति गोदामबाट खोपको सुरु भएर यसको यात्रामा विश्वको कुना काप्चासम्म पुग्ने गरेको छ। बालबालिकाहरु जहाँसुकै भएपनि युनिसेफका कर्मचारी कुनै पर्वाह नगरी विश्वका कुनाकुना पुग्छन्।
खोप लगाइएका बालबालिका जिउने मौका पाउने मात्र नभएर बलियो र स्वस्थ्य हुनुका साथै राम्रो विकसित हुन सक्छन् भन्ने विश्वासमा युनिसेफले काम गर्दै आएको छ। त्यसैले त युनिसेफले कठिन ठाउँहरुमा नदी पार गरेर पनि बालबालिका भएको ठाउँमा पुग्ने गरेको छ।
भारतमा स्वास्थ्यकर्मीहरुको दृढताले सन् २०१४ मा पोलियो उन्मूलन भइसकेको छ भने मातृ नवजात टिटानस सन् २०१५ मा हटिइसकेको छ। दुर्गम समुदायमा खोप लगाइदिएर मात्रले पुग्दैन। खोप सही सलामत तथा प्रभावकारी रहिरहन त्यसलाई चिसोमा विशेष प्रकारको बक्सामा राखिन्छ। यदि केही त्यसमा नराम्रो भयो भने त्यति कठिन यात्रा व्यर्थ हुन्छ।
यो सजिलो काम होइन, तर यसलाई हामी हार मार्न सक्दैनौँ। स्वास्थ्यकर्मीको अथक प्रयासका बावजुद पनि ५ वर्ष मुनिका १६ हजार बालबालिका अझै हरेक दिन मृत्युको शिकार भइरहेका छन्। किनकि तिनीहरुले न स्वास्थ्य सेवा पाउन सक्छन्, न त र जीवन बचाउ खोप नै।
लामो दुरीको सडक यात्रा
इमरजेन्सी नभएपनि युनिसेफसँग आबद्ध रहेका स्वास्थ्यकर्मीहरुले खोपको पहुँच नभएका बालबालिकासम्म पुग्ने गरेका छन्। जहाँ गरिबी अनि असुविधा छ, जति नै टाढा ठाउँ होस् यी स्वयंसेवक र कर्मचारीहरु त्यसको पुल बनिदिन्छन्। समुदायमा गएर बालबालिकाहरुालई खोप लगाइने लामो तथा दीर्घकालीन रणनीति हो, जसले समुदायलाई लाभ पुर्याइ सशक्त पार्दछ।
डुंगा चढेर खोप
खोप लगाउनका लागि दुरी बाधक कहिल्यै पनि बन्दैन। युनिसेफले समुदायका वकालतकर्तासँग समुदायका मानिसमा रहेको नकारात्मक धारणा र डर हटाउन समन्वय गर्छ। यसले उनीहरुले जीवन बचाउने खोप तालिकाको बारेमा थाहा पाउने गरेका छन्।
यो टिम हजारौँमा एक हो जसले १२२ वटा देशमा पोलियो हटाउनका लागि सन् १९८८ देखि लागिपरिरहेका छन्। यो एउटा अविश्वासिलो सफलता हो जुन एकदम कम खर्चमा बालबालिकाको जीवन बचाउन लागिपरिरहेको छ खोपको माध्यमबाट।
साइकल यात्रा
पहिलाभन्दा अहिले बालबालिका रोगहरुबाट सुरक्षित भइरहेका छन् तर अझै गर्न बाँकी छ। भारतमा एक तिहाइभन्दा धेरै बालबालिका जसले भ्यागुते रोग, टिटानस र लहरे खोकीको फुल डोज पाएका छैनन् त्यहाँ खोप निरन्तर चुनौतीको रुपमा रहेको छ। बंग्लादेशका खोप ओसारपसार गर्ने व्यक्ति जोहरुल भन्छन्, ‘मेरो एकदम महत्वपूर्ण भूमिका छ। यो खोप बक्साहरु राम्ररी पुर्याउनुपर्दछ।
हवाई मार्गबाट
दक्षिणी सुडानमा हिंसा निम्तिनुभन्दा अघिदेखि नै त्यहाँ खोप पुर्याउनका लागि विश्वमा नै सबैभन्दा कठिन ठाउँ हो।
सडक यात्रा अविश्वसनीय र खतरनाक छ। सबै कुरा असफल भएपछि युनिसेफले ‘र्यापिड रेस्पोन्स मिसन’ चलाउँछ। हामीले दक्षिणी सुडानमा जे भएपनि स्रोत साधन प्रयोग गरेर पहुँच पुग्ने ठाउँमा त्यस्ता समुदायमा पुग्दछ।
'हिँडेर, डुंगा तरेर, हवाई मार्ग जहाँबाट भएपनि हामी अति आवश्यक स्वास्थ्य सेवाहरु लिएर पुग्दछौ ताकि उनीहरु बाँच्न सकुन् र रोगबाट सुरक्षित रहन सकुन्।'
र बाटैमा पनि
भारतमा झन्डै २ करोड ७० लाखमा एक तिहाइ बच्चाहरु हरेक वर्ष जन्मेको वर्षमा लगाउनुपर्ने महत्वपूर्ण पूर्ण खोपको मात्रा पाएका हुँदैनन्। यसले गर्दा उनीहरुको रोगको जोखिममा पुग्छन् र स्वास्थ्यकर्मीको पखाईमा हुन्छन्।
हरेक दुर्गम क्षेत्रमा खोप पुर्याउनुपर्ने कुरा महत्वपूर्ण हो किनकी कोही पनि बालबालिका रोकथाम गर्न सक्ने रोगबाट आफ्नो जिन्दगी नगुमाउन्। युनिसेफले हरेक बच्चा जीवित होस्, सुरक्षित होस् र विकास होस् भन्नको लागि काम गर्दछ। विशेषगरी त्यस्ता बालबालिका जो सुविधाबाट बञ्चित र पिछडिएका छन्।