काठमाडौं – कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि देशभरका अस्पतालका आइसोलेसन वार्ड भरिएका छन्।
अस्पतालमा बेड भरिएपछि सरकारले संक्रमितलाई होम आइसोलेसनमा राख्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सोमबार साँझसम्म २ हजार ६ सय १ संक्रमित होम आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा होम आइसोलेसनमा राखिएको छ।
सबैभन्दा धेरै प्रदेश २ मा २ हजार १ सय ७० जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश ५ मा १७५, प्रदेश १ मा १२२, बागमती ंप्रदेशमा १११, सुदूरपश्चिम प्रदेशमा १२ र कर्णाली प्रदेशमा ११ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ।
मन्त्रालयले आइतबार देशभर ५ सय ३ जना कोरोना संक्रमित मात्र होम आइसोलेसनमा रहेको तथ्यांक सार्वजनिक गरेको थियो। मन्त्रालयकै तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९८ जना संक्रमित होम आइसोलेसनमा थपिएका छन्।
यो पनि :